स्थानिय सरकार संस्थागत स्व-मूल्यांकन Local Government Institutional Self-Assessment (LISA)
नेपालको संविधानले स्थानीय सरकारलार्इ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार प्रदान गरेको छ । यस परिप्रेक्षमा स्थानीय सरकारको संस्थागत, कानुनी, राजनीतिक र आर्थिक पक्षहरुको विकासक्रम के कस्तो अवस्थामा रहेको छ भन्ने जानकारीका साथै संवैधानिक जिम्मेवारी अन्तर्गतका महत्वपूर्ण विषयहरुलार्इ समयमानै सम्बोधन गर्न सकिने गरी स्थानीय सरकारलार्इ सबल बनाउन अति आवश्यक छ । स्थानीय सरकारले आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी ढंगबाट पुरा गर्न सक्षम छ भन्ने सुनिश्चित गर्न स्थानीय सरकारको संस्थागत सबल पक्ष र दुर्बल पक्षहरुको नियमित रुपमा विश्लेषण गर्न जरुरी छ । स्थानीय सरकार स्वायत्त भएकोले आफ्नै नेतृत्वमा आफ्नो संस्थाको स्वमूल्यांकन गर्न बढी प्रभावकारी एवम् व्यवहािरक हुने भएकोले स्थानीय सरकारको संस्थागत स्वमूल्यांकन पद्धतिको विकास गरीएको हाे । यस पद्धतिले स्थानीय सरकारको संस्थागत क्षेत्रमा रहेका सबल पक्ष र दुर्वल पक्षको लेखाजोखा गर्न मद्धत पुर्याउँछ । स्थानीय सरकारको कार्यक्षमता र सेवा प्रवाहका विषयहरु अति नै महत्वपूर्ण छन् । स्वमूल्यांकन पद्धतिले सम्बन्धित स्थानीय सरकारको चुनौती र अवसरहरु पहिचान गरी क्षमता अभिवृद्धि गर्न मद्धत पुर्याउँछ ।