FAQs Complain Problems

मेलमिलापकर्ताको रुपमा सूचीकृत हुने तथा सूची अध्यावधिक गर्ने सम्बन्धी सूचना

मेलमिलापकर्ताको रुपमा सूचीकृत हुने तथा सूची अद्यावधिक गर्ने सम्बन्धी सूचना ।

सुन्दरहरैँचा नगरपालिकाको न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७५ को परिच्छेद-८ को दफा ५९ र ६० मा मेलमिलापकर्ताको सूची तयार गर्ने तथा मेलमिलापकर्ताको सूची अध्यावधिक गर्ने व्यवस्था रहेको हुदाँ तपसिल बमोजिमको योग्यता पुगेका व्यक्तिहरुलाई मेलमिलापकर्ताको रुपमा सूचिकृत हुन र सुन्दरहरैँचा नगरपालिकाको न्यायिक समितिमा सूचिकृत रहेका मेलमिलापकर्ताहरुले सूची अध्यावधिक गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिन भित्रमा अनुसूची-११ बमोजिमको ढाँचामा न्यायिक समितिको सचिवालयमा वा sundarharaicha.ijalas.org मा अनलाईन फारम भरी निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

योग्यता

मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक पास गरेको

२५ वर्ष उमेर पुरा भएको

मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिएको

होस ठेगानमा रहेको

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको

साहूको दामासाहीमा नपरेको

आर्थिक वर्ष:

Chat With Us