FAQs Complain Problems

घरनक्सा अभिलेखीकरण सम्बन्धि सूचना

प्रस्तुत विषयमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २७ एवं सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७४ अनुसार यस सुन्दरहरैंचा नगरपालिका भित्र नम्बरी जग्गामा विगतमा निर्माण भएका घर तथा भवनहरुको अनिवार्य रुपमा नक्सा अभिलेखीकरणको निमित्त निवेदन दर्ता गराउनुपर्ने गरि यसअघी सूचना प्रकासित गरिएकोमा उक्त समयावधि अपुग भएको भन्ने जनगुनासोका आधारमा मिति २०७५/०८/१२ को कार्यपालिकाको बैठकबाट "नगरपालिकाले घर नक्सा अभिलेखीकरण गर्नका लागि विगतमा दिएको समय अपुग भएको भनी व्यापक जनगुनासो यस नगरपालिकाको कार्यालयमा प्राप्त हुन आएकाले उक्त गुनासो सम्बोधन गर्नका लागि ९० (नब्बे) दिनको समय दिई घर नक्सा अभिलेखीकरणका लागि निवेदन दिन नगरवासीहरुलाई अनुरोध गर्न सूचना प्रकाशित गर्ने र नियमानुसार घर नक्सा अभिलेखीकरण गर्ने/गराउने" भनी निर्णय भएकाले सम्बन्धित सरोकारवाला सम्पूर्ण नगरवासीहरुलाई नियमानुसार आ-आफ्नो घर नक्सा अभिलेखीकरणका लागि मिति २०७५ साल फाल्गुन २७ गतेभित्र आवश्यक प्रमाणसहित नियमानुसार निवेदन दर्ता गरि नक्सा अभिलेखीकरण प्रक्रियामा प्रवेश गर्नुहुन सम्बन्धीत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धि विस्तृत जानकारीका लागि यस नगरपालिकाको भवन तथा वस्ती विकास उपशाखामा सम्पर्क राख्नुहुन अनुरोध छ ।

आर्थिक वर्ष:

Chat With Us