वातावरणीय संरक्षण नियमावली २०५४ को नियम ७ उपनियम २ बमोजिम यस सुन्दरहरैचा नगरपालिकाको क्षेत्र भएर बग्ने तपसिल बमोजिमका खोलाबाट ढुंगा गिट्टी बालुवा उत्खनन् गर्न प्रारम्भिक वातावरणीय परिक्षण (IEE) गर्नु पूर्वको कार्य सूची जि.स.स. बाट स्वीकृत भै सकेको हुदा उक्त प्रारम्भिक वातावरणीय परीक्षण पश्चात सम्बन्धित क्षेत्रको वरिपरी सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिकोणले के कस्तो प्रभाव पार्दछ ? र ती प्रभाव न्यूनीकरणका लागि के कस्ट उपायहरु अवलम्बन गर्न उपयुक्त हुन्छ ? सो सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा यस कार्यालयमा आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ |
प्रथम पटक सूचना प्रकाशित मिति : २०७५/१/२४
| क्र.सं. | किलोमिटर क्षेत्र | खोला | वडाहरु | सम्भावित नाका | 
|---|---|---|---|---|
| १. | १० कि.मी. क्षेत्र | लोहोंद्रा/किस्ती | १,१०,१२ | कुमार गाउँ नाका, हरैचा नाका, लक्ष्मीपुर नाका | 
| २. | १५ कि. मी. क्षेत्र | खदम/गछिया | ३,४,७ | वन चौरी नाका, अटल कसर नाका, गछिया चोक नाका, सुकुम्बासी टोल नाका, पुर्वान्चल क्रसर नाका, हवेली नाका र वडहरा नाका | 
| ३. | १७ कि.मी. क्षेत्र | बुढी | ४,५ | किरात चोक नाका, गौसाला नाका, चरिगुवा नाका, लाटीझोडा नाका, बलिया नाका, खोक्सी नाका, फोकल्याण्ड टापु | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
