यस सुन्दरहरैँचा नगरपालिका अन्तर्गतका १२ वटै वडा कार्यालयमार्फत् यसअघि निवेदन फाराम भरी पेश गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको नामावली(विवरणसहित)को सूची तपशील बमोजिम रहेको छ । उक्त सूची हेरी आफूले निवेदन फाराम भरी पेश गरेको तर नाम छुट्न गएको भएमा वा उल्लेखित विवरणमा कुनै गल्ती भई सच्याउनु पर्ने भएमा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नहुन जानकारी गराइन्छ । साथै यसअघि फाराम भर्न छुटेको भएमा समेत वडा कार्यालयमा गई आवश्यक कागजातसहित निवेदन दिन सकिने छ ।